|

धनकुटा :  नेपाल पत्रकार महासंघ धनकुटाको १० औं अधिवेशनबाट अध्यक्षमा राजेश्वरबहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र फोनिजको सहमतिमा श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। यसैगरी उपाध्यक्षमा नगेन्द्र राई, महिला उपाध्यक्षमा सुखकुमारी राई, सचिवमा विदुर खवास, सहसचिवमा बलराम दाहाल, समावेशी सहसचिवमा हरिबहादुर लम्जेल र कोषाध्यक्षमा नारायण कुमार आठपहरिया सर्वसम्मत चयन भएका छन्।

यस्तै सदस्यहरुमा दिलबहादुर राई, रविन कट्टेल, नवनित खड्का, सुरेन्द्र मग्राती, माया राउत, मालती मोक्तान, लुसी कुमारी गच्छदार, नरेन्द्र राई, सर्मिला राई, विकास घिमिरे र कविराज घिमिरे सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।

प्रदेश पार्शदमा ईश्वर थापा, ब्रह्मलाल हजारी दुर्गादेवी निरौला, मनिषा पोख्रेल, विश्वराज श्रेष्ठ, नयराज नेपाल, विमला राई, कल्पना थापा, भीम मल्ल चयन भएका छन्। नवराज कार्की, शुभकला राई, राजेन्द्र भण्डारी, सन्तविर लामा, अजय सन्तोषी राई, सवाल राई, उत्तम देवान, टकलाल राई, तुलसा ताम्ली र यानिन्द्र तिगेला पनि प्रदेश सभाषद चयन भएका निर्वाचन अधिकृत गोपालप्रसाद अधिकारीले जानकारी दिए।

यस्तै केन्द्रीय सभासद (पार्शद) मा मणिकुमार श्रेष्ठ, स्मिता निरौला, सिद्धराज राई, रमेशचन्द्र अधिकारी, तिलविक्रम चेम्जोङ, भेषराज कट्टेल र देवकला कार्की सर्वसम्मत निर्वाचित भएका छन्। मोहन वान्तवा, विजय सन्तोषी राई, खगेन्द्रप्रसाद घिमिरे, हिमा चेम्जोङ, विनोद घिमिरे सुमन गुरागाईं र सञ्जय सन्तोषी राई पनि केन्द्रीय प्रतिनिधिमा सर्वसम्मत विजयी भएका छन्।

नेपाल पत्रकार महासंघ धनकुटामा १ सय ४१ सदस्य रहेका छन्। नयाँ कार्यसमिति तथा केन्द्रीय पार्शद १४ जना र प्रदेश पार्षद १९ जना चयन भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.