पार्टी एकता बचाइराख्‍नु अहिलेको आवश्यकता

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूले आजै प्रस्तुत गरेको ६ बुँदे प्रस्ताव अनुसार पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्। 

स्थायी कमिटी बैठक स्थागित भएपछि बालुवाटारमा बसेको अध्यक्ष दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालनिकट सदस्यहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'पार्टी एकता कायम राख्‍न र सहमतिमा अघि बढ्न मैले पेश गरेको ६ बुँदे प्रस्तावको आधारमा पार्टीलाई अघि बढाऔँ', गौतमले बालुवाटारमा भने, 'तत्काललाई पार्टी एकता बचाइराख्‍न मैले गरेको प्रस्ताव उचित छ, सबैले यसलाई मनन गरेर अघि बढौं।'

दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य उपस्थित उक्त बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता बचाइराख्‍न आफूले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए। 

उनले पार्टी एकता बचाइ राख्‍नु अहिलेको अनिवार्य शर्त भएको बताए। 'पार्टी एकता बचाइराखेर अघि बढ्नु अहिलेको आवश्यकता हो', उनले भने, 'मैले त्यसकै लागि यो प्रस्ताव अघि सारेको हुँ।'

उनले यसअघि मंसिर ४ मा भएको भनिएको निर्णयका लागि आफूले धेरै पहल गरेको बताए। 'केपी ओली ५ वर्ष नै प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष बन्दा ठीक हुन्छ', उनले भने, 'प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा पूरै पार्टी चलाउने गरी अघि बढ्दा उचित हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.