|

काठमाडौं : विश्वमा कोरोना भाइरसको संक्रमण जितेर हालसम्म एक करोड ४ लाख ४५ हजार ७ सय ६४ जना निको भइसकेका छन्। 

कुल १ करोड ६८ लाख ८३ हजार ६ सय ४४ जना संक्रमण भएकोमा  ६ लाख ६२ हजार मानिसको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ५ सय ५९ जनाको ज्यान गएको छ। त्यस्तै २ लाख ४७ हजार ४ सय ३२ जना नयाँ संक्रमित फेला परेका छन्। 

पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन्। त्यहाँ साँढे ६१ हजार मानिसमा सक्रमण पुष्टि भएको छ। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख ५२ हजार ब्यक्तिको मृत्यु भएको छ। त्यहाँ हिजो मात्रै ११ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। 

अमेरिकापछि सवैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । भारतमा ४९ हजार ६ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ हालसम्म ३४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् भने हिजो मात्रै ७७६ जनाको मृत्यु भएको छ। 

हिजो ब्राजिलमा ४१ हजार, साउथ अफ्रिकामा ७ हजार र रुसमा ५ हजार भन्दा धेरै संक्रमित थपिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.