तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।
आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग बुधबार बिहानैदेखि अवरुद्ध भएको हो ।
सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको थापाले बताए। राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटोमै रोकिएका छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।