|

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउन हुँदा ४ महिनादेखि बन्द रहेका होटल, रेष्टुरेन्टहरु आजदेखि संचालनमा आएका छन्। 

सरकारले साउन १५ गते अर्थात् आजदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि आजदेखि होटल रेष्टुरेन्ट खोल्ने तयारी गरेको व्यवसायीले बताएका छन्। 

सामूहिक भोज, पार्टी, सेमिनार तथा भेलाहरु भने गर्न पाइने छैन्। व्यवसाय गर्ने हिसाबले भन्दा पनि लामो समयको बन्दाबन्दीबाट सामान्य अवस्थामा फर्किन होटल तथा रेष्टुरेन्ट संचालन गर्ने तयारीमा रहेको होटल एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। 

ठूला भन्दा पनि साना तथा मझौला रेष्टुरेन्टहरु बढि खुल्ने उनले बताए। कोरोना भाइरसको जोखिम झनै बढ्दै गएकाले सुरक्षा सर्तकता अपनाएर खोल्न लागिएको शाहले जानकारी दिए। सरकारले आजदेखि होटेल रेष्टुरेन्ट सञ्चालनका साथै पर्यटकीय गतिविधि पनि गर्न दिने निर्णय गरेको छ। पर्यटन व्यवसायीहरुले पनि आजदेखि आफ्ना गतिविधि सुरु गर्ने तयारी गरेका छन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.