|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरस (कोभिड १९)  संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा थप ६ जनामा संक्रमण देखिएको बताए। जसमा काठमाडौंका ५ जना र भक्तपुरका १ जना रहेका छन्।

नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ।  यस्तै, शनिबार  ९३ डिस्चार्ज भएका छन्। हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.