|

दमक : नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित भएका छन्। उनले १ सय २९ मत प्राप्त गरेका छन्।मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनी प्रतिद्वन्द्वी गोपाल काफ्लेलाई १३ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। 

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, संघीय प्रेस फोरमलगायत दश संगठनको तर्फबाट सापकोटाले अध्यक्षको उम्मेदवारी दिएका थिए भने काफ्लेले प्रेस चौतारीका तर्फबाट उम्मेदवारी दिएका थिए। कुल २ सय ६७ मतमध्ये २ सय ४८ मत मात्र खसेको थियो।

कार्यसमितिमा समावेशी प्यानलकै वर्चस्व रह्यो। खुलातर्फको उपाध्यक्षमा समावेशी प्यानलका एकराज गिरी विजयी चुनिए।  महिलातर्फको उपाध्यक्षमा  भीमाकुमारी शिवाकोटी, सचिवमा चौतारीका सन्तोष आचार्य, खुला सहसचिवतर्फ समावेशी प्यानलका केशव भट्टराई र सहसचिवमा समावेशी प्यानलका इन्द्रजित मुखिया निर्वाचित भए। 
कोषाध्यक्षमा समावेशी प्यानलका ईश्वर अधिकारी विजयी भए। यस्तै, कार्यसमिति सदस्यहरूमा सुष्मा राजवंशी, रञ्जित परियार, अनिलदेव राई, उत्तम नेपाल, देवु बानियाँ, विनोद सापकोटा, पार्थ मण्डल, रञ्जित प्रसार्इं, रमेश तिवारी, लक्ष्मी काफ्ले, लीलाराज झापाली र सुशीला संग्रौला चुनिएका छन्। अहिले केन्द्रीय पार्षद् र प्रदेश पार्षद्को मतगणना कार्य जारी छ। दुवै परिणाम आएपछि मात्र निर्वाचित समूहको औपचारिक घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.