|

काठमाडौंं :  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ९ः १५ बाट छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए। 
उनकाअनुसार बैठकमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि सहभागी भएका छन्। 

आइतबार पनि ओली दाहालबीच तीनघण्टा छलफल भए पनि कुनै निकास निस्किएको थिएन। दुवै नेताहरुले आ–आफ्नो अडानबाट पछि नहट्ने बताएपछि आइतबारको बैठक निष्कर्षविहीन बनेको थियो। 

आइतबारको बैठकपछि अध्यक्ष दाहालले आफू निकटका नेतालाई खुमलटार बोलाएर बैठकबारे जानकारी गराएका थिए। अध्यक्ष दाहालले खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा ओलीसँगको छलफल गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.