कोभिड-१९ {अपडेट}

मलेसियाबाट आएर हाेम क्‍वारेन्टाइनमा बसेका युवककाे काेराेनाले मृत्यु

थप उपचारका लागि धरान लैजाँदा मृत्यु

साउन २२, २०७७

    काठमाडाैं : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका–५ का ४२ वर्षीय एक पुरुष रहेका छन्। श्वासप्रश्वासमा समस्या हुन थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानतर्फ लग्ने क्रममा बुधबार साँझ बाटोमै मृत्यु भएको थियो। 

    मलेसियाबाट करिब डेढ महिनाअघि आएका उनी आफ्नै घरमा होम क्वारेन्टाइनमा बसेका थिए। पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी ३९ जना पर्सा जिल्लाबाट थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

    यसका साथै धनुषामा ९, सर्लाहीमा आठ, महोत्तरी र बारामा दुई/दुई तथा सिरहा, सप्तरी र रौतहटमा एक÷एक जना गरी कुल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]