राजनीति

हेटौंडामा आजदेखि निषेधाज्ञा, जनकपुरमा एक हप्ता थपियो

साउन २६, २०७७

    काठमाडौं : कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ। 

    आज राति १२ बजेदेखि लागू हुनेगरी हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। उनका अनुसार निषेधाज्ञा साउन मसान्त राति १२ बजेसम्म कायम रहनेछ।

    मकवानपुरमा हिजो मात्रै २३ जना संक्रमित थपिएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। यसैबीच, आफ्ना कर्मचारीको परिवारमा कोरोना संक्रमण देखिएपछि मकवानपुरको बकैया गाउँपालिका कार्यालयले सेवा बन्द गरेको छ। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए। 

    यस्तै, सप्तरीमा निषेधाज्ञाको अवधि बढाइएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको हिजो सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनःएक साताका लागि थप गर्ने निर्णय गरेको हो।  

    यसअघि साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सकिने र कोरोनाको जोखिम कायमै रहेकाले भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए। 

    त्यस्तै, जनकपुरमा पनि निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। यसअघि जारी गरिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिएपछि हिजो बसेको सुरक्षा समितिको बैठकले साउन ३२ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]