|

काठमाडौं :  मोरङ जिल्ला अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।

न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको प्रयोगशालाका निर्देशक जयन्द्र यादवले थाहाखबरलाई बताए।

न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीको पिसिआर प्रविधिबाट गरिएको परीक्षण मध्ये न्यायाधीशको रिपोट पोजेटिभ आएको हो।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मोरङमा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.