प्रदेश २ मा सबैभन्दा बढी संक्रमित स्वास्थ्यकर्मी

|

काठमाडौं : मुलुकभर कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १ सय ८३ पुगेको छ। पुरुष  स्वास्थ्यकर्मीमा सबैभन्दा बढी कोरोना देखिएको छ। अहिलेसम्म १ सय २३ पुरुष  र ६० महिला स्वास्थ्यकर्मी रहेका छन्।

प्रदेश २ मा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित रहेका छन्। ५८ पुरुष र २० महिला स्वास्थ्यकर्मी गरेर ७८ जना रहेका छन्। सुदूरपश्चिममा २७ जना रहेका छन्। १४ पुरुष र १३ महिला स्वास्थ्यकर्मी छन्।

कर्णालीमा २२ जना छन्। १६ पुरुष र ६ महिला स्वास्थ्यकर्मी छन्। गण्डकीमा १४ पुरुष र ४ जना महिला गरेर २० जना छन्। बागमतीमा ८ पुरुष र ८ महिला गरेर १६ जना छन्। प्रदेश ५ मा ६ महिला र ६ पुरुष गरेर १२ जना रहेका छन्।

प्रदेश १ मा ७ पुरुष र १ महिला गरेर ८ जना स्वास्थ्यकर्मी रहेका छन्। प्रदेश २ को वीरगन्जस्थित नारायणी अस्पतालका मात्रै ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.