विचार

के शत्रुता? के मित्रता? मुस्कानले धेरै कुरा टर्छ

साउन २८, २०७७

    शत्रुलाई सिद्याउने एउटा काइदा हो, त्यो उसँग मित्रता कायम गर्नू। यसबाट शत्रुता तत्कालै मित्रतामा रुपान्तरित हुन्छ। तपाई रिसाउनुभएको हो ? भन्ने प्रश्नको उत्तर, हो भन्दा शत्रुता बढ्छ। तर, होइन भन्ने जवाफ दिँदा मित्रता अभिवृद्धि हुन्छ।

    तपाईंका यी यी कुरामा मेरो विमति छ भनिँदा ती विमतिलाई आत्मसात् गरी यी यी कुरा नयाँ प्रस्ताव गर्छु भन्दा मित्रता र विचारको एकता घनीभूत हुन्छ। हामी मित्रतामा मित्रता थप गर्दछौं। यसले हामीलाई लाभ गर्छ। सोही रितले शत्रुतामा शत्रुता थप गर्दा अतिरिक्त नोक्सानी बेहोर्न बाध्य हुन्छौं।

    सामान्यतः दुई पक्षबीच कुनै कुरामा सहमति हुँदा पनि सामान्यतः ४ अवस्था श्रृजना हुन्छ। पहिलो, आफूलाई लाभ हुन्छ, अर्कोलाई हानि। दोस्रो, आफूलाई हानी र अर्कोलाई लाभ। तेस्रो, दुवैलाई हानि। चौथो, दुवैलाई लाभ।

    यस स्थितिमा अघिल्ला ३ वटै अवस्थामा शत्रुता बढ्छ। चौथो अवस्थामा मित्रता बढ्छ। यसरी हामीले शत्रुता बढाउने कि मित्रता ? भन्ने आफ्नै हातमा रहेको कटु सत्यलाई आत्मसात् गर्न जान्नुपर्छ।

    शत्रु देख्दा मुस्कुराउनु नै सलाई गरिने सर्वाधिक ठूलो सजाय हो। यसबाट बुझिन्छ, क्षमाशील जस्तो अर्को ठूलो गुण छैनविनम्रताले सर्वस्व नै जितिन्छतथापि मानिस झुक्न हिचकिचाउँछ कवि शिरोमणि लेखनाथ पौडेलको उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलले भरिएको हाँगो नझुकेको कहाँ  ? भन्ने पद्य पढेपछि जोकोही नतमस्तक हुन बाध्य हुन्छ नै

    हामी नबुझि जथाभावी जिब्रो चलाउँछौं। त्यसले पार्ने प्रभावबारे निकै कमले मात्रै आकलन गर्न सक्छन्। यर्थाथमा जिब्रो एउटा त्यस्तो छुरा हो जस्ले रगत ननिकाली मानिसलाई काट्न सक्छ। जसको रहस्य बुझेका चीनका महान् दार्शनिक कन्फुसियसले आफ्नो मृत्युको घडीमा मुख बाएर शिष्यहरुलाई के देख्यौ ? भनी प्रश्न गरेका थिए। उनका शिष्यहरुले जिब्रो मात्रै देखेको कुरा बताएपछि कन्फुसियसले सोधे, मेरो दाँत देखेनौं ? अनि उनीहरुले जवाफ दिएका थिए, 'धेरै पहिले नै तपाईंको दाँत झरिसकेथ्यो त, कसरी देख्नु। तब, कन्फुसियसले यसको कारण र रहस्य सोध्दा सबै शिष्य अवाक् भए।

    कन्फुसियसले शिष्यहरुलाई नयाँ ज्ञान दिए। दाँत जे चिज पाए पनि बढो दुष्टताका साथ चपाउने गर्दथ्यो। जसको कारण उ अल्पायुमै झ-यो। तर, जिब्रो निकै मुलायमसाथ बोल्न माहिर भएकाले म बाचुन्जेल यो मेरो साथमा रह्यो। यसरी शरिरका इन्द्रीयहरु पनि प्रयोगका आधारमा शत्रुता बढाउने र मित्रता कायम गर्ने हुन्छन् बुझन ढिला गर्नु हुँदैन।

    हावाले भरिएको बेलुनलाई फुटाउन पर्दैन, केही समयमै आफैं फुट्छयसैगरी घमन्डले भरिएको मानिसलाई पनि केही गर्नै पर्दैन केही दिनमै ठाउँमा आइपुग्छयस सत्यलाई बुझेपछि घमण्ड गर्नु बेकार रहेछ भन्ने बुझिन्छ मित्रता झाँगिन थाल्छअर्को पद्यमा लेखिएको , लोकमा हुँदैन कसैको एकैनास समुन्नति, अरुको के कुरा हेर न्ध्यामा सूर्यको गति

    अस्ताउँदाको बखत सूर्य त दया लाग्दो अवस्थामा पुग्छ भने मानिसले के फूर्ति गर्नू ? हामी सधैं शक्ति, पद, प्रतिष्ठा एवं एकछत्र सदाबहार प्रभावशाली भैरहन्छौं भनी भ्रममा बाच्छौं। भनिन्छ, खहरे गडगडाहट सहित बग्छ, नदी सुसाउँदै बग्छ, समुन्द्र शान्त हुन्छ।

    हामीले सधैं आफूलाई समान अवस्था र सामान्य रुपमा राख्ने अभ्यास गर्नुपर्छ। नेपालीमा उखान छ, केही पाउँदैमा नमात्तिनू र केही गुमाउँदैमा नआत्तिनु। यसैले आफूलाई शत्रुता र मित्रताको सम्बन्ध बनाइराख्न मद्दत गर्छ। आखिर, फलले भरिएको हाँगो नझुकेको कहाँ छ र ?

    डा. महेन्द्रनाथ सरकार नामुद चिकित्सक थिए। एकदिन उनलाई स्वामी रामकृष्ण परमहंसको प्रवचन सुन्ने इच्छा जागृत भयो। तर उनमा आफू नामुद चिकित्सक हुनुको घमण्ड थियो नै। तथापि उनी परमहंसको आश्रम पुगे। आश्रममा एक जना पाको मानिस बगैंचाको फूल गोडमेल गरिरहेका थिए। डाक्टर सरकारले उनीसँग परमहंसलाई चढाउने केही फूल दे भने। उसले गुच्छा बनाउन थाले र अलिकति ढिलो गरे। यसबाट डाक्टर सरकार आक्रोशित भएर उसलाई हप्काए। ती मालीले ढिला भएकोमा क्षमा मागे र विनम्रतापूर्वक एउटा फूलको गुच्छा बनाएर दिए। डा. सरकार परमहंसको प्रवचन सुन्न अग्रपंत्तिमा गएर बसे। मञ‍्चमा स्वामी आएपछि फूलको गुच्छा अर्पण गर्न उनी तयारी अवस्थामा थिए।

    तोकिएको समयमा स्वामी परमहंस मंचमा देखा परे। तब, डा. सरकार वाक् भए यसको कारण कारण थियो अघि मालीको रुपमा भेटिर आफूले हप्काएका पात्र स्वयं स्वामी परमहंस थिए।  त्यस दिदेखि डा. सरकारले फ्नो मनबाट घमण्डरुपी शत्रुलाई सदाका लागि तिलाञ्जलि दिए।

    धर्मशास्त्रमा भनिएको छ, क्रोध वा घमण्ड नै तिम्रो शत्रु हो। अर्थात्, तिम्रो शत्रु र मित्र तिमी आफै हौं। यस्तो अज्ञानतालाई नष्ट गर्ने उपाय ज्ञान हासिल गर्ने नै हो।

    एक समय गाउँमा निकै चिसो बढेछ। सो गाउँमा एक सय परिवार निकै गरिब रहेछन्। ती जाडोले कापेको देखेर चाणक्यले सरकारसँग एक सय थान सिरक मागेर ल्याएछन्। भोलि बिहान वितरण गर्नेगरी एक रात ती सिरक चाणक्यको कुटीमा राखियो।

    चाणक्यप्रति ईर्ष्या भाव राख्ने त्यसै गाउँका एक भद्रले चाणक्यको कुटीबाट राति एक थान सिरक चोर्ने बिचार गरे। जब ती भद्र एक थान सिरक लिएर कुटीबाट बाहिरिँदै थिए। उनले चाणक्य कापेर सुतिरहेको देखे। त्यसबेला चाणक्य थोत्रो सिरक ओढेर सुतेका थिए। सो सिरक प्रायः जीर्ण थियो। ठाउँ ठाउँमा प्वाल परेको थियो।

    आफूले सरकारसँग मागेर ल्याएको एक थान नयाँ सिरक ओढेर चाणक्य सुत्न सक्थेतर, उनले यसो गरेका थिएनन्चाणक्यको कठोर अनुशासन इमानदारिता देखेर ती सज्जन पानी पानी भएउनले चाणक्यलाई ब्यूँझाए आफ्नो गल्तीप्रति क्षमा मागेभोलिपल्ट बिहान चाणक्य ती सज्जन भएर गरिबलाई सिरक बाँडेती भद्रले नबुझेर चाणक्यप्रति राखेको शत्रुता कुरा बुझेपछि मित्रतामा रुपान्तरित गरे

    मित्रता गाँस्ने केही सूत्र छन्। जस अनुसार पहिलो, कसैबाट सहयोगको अपेक्षा गर्नुपूर्व उसलाई सहयोग गर्नुपर्छ। कसैसँग पनि हात मिलाउन आफ्नो हात खल्तीबाट झिक्नुपर्छ वा हात अघि बढाउनु पर्छ। कसैको नमस्कार खाने काइदा भनेकै आफूले दस औँला जोड्ने हो।

    दोस्रो, अर्काबाट आफ्नो इच्छा पूरा गराउन पहिला उसकै इच्छा बुझेर सो इच्छा पूरा गरिदिनु पर्छ। कुवाबाट पानी उघाएर हात धुनुपर्ने स्थानमा पहिला हात धुन खोज्ने मानिसलाई आफूले पानी हालि दिनुपर्छ। तत्पश्चात सो मानिसले पानी उभाएर आफूलाई हात धुन पानी हालिदिने कुरा पक्का हुन्छ। कारण यो प्रकृतिको सामान्य नियम नियम हो। तेस्रो, दिन हिच्किचाउने र लिन इच्छुक रहने प्रवृत्ति राम्रो होइन।

    भनिन्छ, संसारका सुखी मानिस ती होइनन्, जसले धैरै पाएका छन्। संसारका सुखी मानिस ती हुन् जस्ले धैरै दिएका छन्। चौथा, आदर चाहनेले सर्वप्रथम अर्कालाई आदर गर्नुपर्छ। तपाईं कति असल मानिस हुनुहुन्छ को जवाफ, यहाँ भन्दा असल त कसरी छु भनौं ? भन्ने नै आउँछ। आखिर धान रोपेको खेतमा स्याउ फल्ने कल्पना पनि गर्न सकिन्छ।

    पाचौं, फूलको आँखामा फूलकै संसार, काँडाको आँखामा काँडै संसार। अर्थात्, आफूले अर्काप्रति जे भाव राखिन्छ, प्रतिफल सोहीअनुरुप प्राप्त हुने हो।

    छैठौं, मैले के पाए होइन, मैले के दिन सके ? भन्ने प्रति प्रश्नले मित्रता घनीभूत बन्न पुग्छ। हामी कोही बेसहारा छौं भने अर्काको सहारा बन्न सक्छौं। एक जना खुट्टा नभएका र एक जना आँखा नदेख्ने मानिस मिलेछन्। आँखा नदेख्नेले खुट्टा नभएकालाई काँधमा बोकेछन्। आँखाको सहायताले खुट्टा हिँडे। अम्बाको बोट मुनि पुगेर खुट्टा रोकिए। खुट्टा नभएकाले अम्बा टिपेर आँखा नदेख्नेलाई खुवाउँदै आफूले पनि खाए। यहि हो मित्रता।

    सातौं, यो गरेर मलाई के फाइदा ? को सट्टा यो गरेर मलाई के बेफाइदा ? भन्ने प्रश्न आफैंलाई सोध्न सकिन्छ। यसले अर्कालाई लाभ पुग्छ र ती मित्र हुन्छन्। आठौं, अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? भन्ने सोचले मानिसलाई सबैको आदरणीय स्थानमा पु-याउँछ। नवौं, ढोकाको ताल्चा खोलेझैँ अर्काको मन खोल्नुपर्छ।

    सधैं अर्काको ठाउँमा बसेर सोच्नुपर्छ। जस्ले मित्रता बढाउन भरपूर मद्दत गर्छ।

    दशौं, सधैं अर्काको कुराको सम्बोधनका लागि आतुर हुनुपर्छ। यसबाट अर्को मानिस स्वतः आफूप्रति सकारात्मक हुन्छ। अमूल्य जीवनको रहस्य यही मित्रता हासिल गर्नु मै छ।

    लेखक : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त हुन्।

कृष्णहरि बाँस्कोटा

सूचना आयोगका पूर्व-अध्यक्ष बाँस्कोटा सरकारका पूर्वसचिव पनि हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]