|

कपिलवस्तु : धागो कारखाना कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका एक जनाको पिसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो। उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएको थियो। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधवार राती १० बजे दिएको जानकारीअनुसार तेलीमा सङ्क्रमण नदेखिएको हो।

तेलीसहित कपिलवस्तुका २ जनाको भेन्टिलेटरमा उपचार गर्दागर्दै बुधबार मृत्यु भएको थियो। कपिलवस्तु नगरपालिका जमुवारटोल ४२ वर्षीय कृष्ण कुमार गुप्तामा भने कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.