जागिर खान सहयोग नमागौँ

|

काठमाडौं: नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाहरुलाई व्यवसायी बन्ने लक्ष्य लिएर अघि बढ्न आग्रह गरेका छन्। उनले व्यवसायी बन्न खोज्ने युवाहरुलाई सहयोग गर्ने बताए।

बुधबार गन्तव्य नेपालले गरेको कार्यक्रममा भट्टराइले भने 'यहाँ मलाई जागिर लगाइदिनुपर्‍यो। भन्दिनुपर्‍यो भनेर आउँछन् तर व्यवसायी बन्न खोजेको पाँइदैन'। उनले भने,'कसैले व्यवसायी बन्छु, कसरी गर्ने होला भनेर आयो भने सहयोग गर्दा पनि आनन्द आउँछ। त्यस्ता युवाहरुलाई म सहयोग गर्न चाहन्छु।'

भारत चीनका पर्यटक बढाऊ

भट्टराईले पर्यटन क्षेत्रबाट नेपालले छोटो समयमा आर्थिक प्रगति गर्न सक्ने बताए। बाह्‍य पर्यटन वृद्धिमा सरकारको ध्यान जान आवश्यक रहेको उनको भनाइ छ। उनले पहिलो चरणमा भारत र चीनका पर्यटक तान्न आवश्यक रहेको बताए।

लगानीको सुरक्षा गर्न सक्दा नेपालको पर्यटन उद्योग फस्टाउन सक्ने बताए त्यसको लागि राज्यको तर्फबाट पूर्वधार विकास पनि गर्नुपर्ने बताए। 'राज्यले पूर्वधारको विकास र लगानीको सुरक्षा गर्न सक्दा पर्यटन उद्योगमबाट ठूलो रकम आउन सक्छ,' भट्टराईले भने। उनले बाह्‍य पर्यटकको आगमन वृद्धिपछि मात्रै आन्तरिक पर्यटन वृद्धि हुने बताए।

उनले नेपालले ५/७ लाख मात्रै नभएर वार्षिक करोडभन्दा बढी पर्यटनलाई लोभ्याउन सक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.