|

काठमाडौं : मुलुकको प्रतिनिधिको रूपमा अर्को मुलुकमा खटिने राजदूतको पद प्रतिष्ठा र सम्मानका रूपमा हेरिन्छ। प्रतिष्ठासँगै सेवा सुविधा पनि त्यहीअनुसार हुने भएपछि राजदूत बन्न चाहनेहरूको ‘लबिङ’ उत्तिकै रहने गर्छछ।

परराष्ट्र मन्त्रालय निकट स्रोतका अनुार युरोपेली मुलुकमा खटिएका राजदूतहरूको मासिक तलब ३ हजार ५ सय डलरको हाराहारीमा हुन्छ। यसका अतिरिक्त आवास र सवारी सुविधा पाउने राजदूतहरूलाई थप ४० प्रतिशतसम्म पारिवारिक भत्ताको समेत व्यवस्था हुने गरेको छ। युरोप, अमेरिका, जापानलगायतका मुलुकका राजदूतका पत्नी\पतिलाई १५ प्रतिशत भत्ता, २ छोराछोरीलाई २० प्रतिशत र बाबुआमामध्ये एक जनालाई ५ प्रतिशतका हाराहारीको भत्ता उपलब्ध गराइन्छ।

सेवा सुविधाको हिसाबले नेपाली दूतावास र नियोगहरू प्रत्यक्ष\अप्रत्यक्ष ५ तहमा विभाजित छन्। पहिलो तहमा जापान र जेनेभा, दोस्रोमा अमेरिका र युरोपेली मुलुकहरू तेस्रोमा खाडी राष्ट्रहरू, चौथोमा चीन, इजिप्ट, कोरिया, थाइल्याण्डलगायत मुलुकहरू र पाँचौमा म्यानमारसहित दक्षिण एसियाली मुलुकहरू पर्दछन्।

यस्तै तहअनुसार राजदूतहरूले सेवा सुविधा फरक हुने गरेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। नेपाली कामदारहरूको चाप थपिएसँगै अतिरिक्त आम्दानी हुने भएपछि पछिल्ला वर्षहरूमा खाडी मुलुकमा राजदूत बन्न चाहनेहरूको राजनीतिक लबिङ बढाउन थालेको जानकारहरू बताउँछन्।

 तर, दक्षिण एसियाली मुलुकहरूको सेवा सुविधा भने युरोपेली मुलुकहरूको तुलनामा करिब आधामात्र हुने गरेको मन्त्रालयका एक अधिकारीले बताए। ‘दूतावास र कूटनीतिक नियोगहरूमा खटिने कर्मचारीहरूको सेवा सुविधा विगत ९ वर्षदेखि पुनरावलोकन हुन सकेको छैन’, उनले भने, ‘सार्क राष्ट्रमा खटिने नेपाली राजदूतको भत्ता काठमाडौंमा रहेका सार्क मुलुकका दूतावासका सुब्बासरहका कर्मचारीको भन्दा पनि न्युन छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.