|

बर्दिया : मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको अन्येष्टिपछि  कोरोना संक्रमण पुष्टि भएको छ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएका उनको घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए।

‘कोरोना रिपोर्ट नआउँदै शवको दाहसंस्कार भएको छ,’ प्रजिअ अधिकारीले भने, ‘मलामी गएका झण्डै ३५ जना सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको र दुईवटा बस्ती सिल गरिएको छ। किरियापुत्रीलाई पनि अलग्गै क्वारेन्टाइनमा बस्न भनिएको छ।’ कन्ट्रयाक्ट ट्रेसिङमा परेका घरपरिवार र छिमेकी ११३ जना रहेको प्रजिअ अधिकारीले बताए। 

कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी शव हस्तान्तरण गर्यो भन्ने स्पष्टीकरण कलेजलाई माग्ने उनले बताए। 

मधुमेहको समस्या रहेका ती वृद्धलाई निमोनिया भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनको मंगलबार बिहान उनको निधन भएको थियो। कोरोना परिक्षणको रिपोर्ट नआउँदै अस्पातालले मृतकको शव मंगलबार विहान परिवारको जिम्मा लगाएपछि आफन्तले बुझेर लगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.