|

चितवन : चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने पुलबाट नारायणी नदीमा हाम्फालेका एक व्यक्तिको बिहीबार सकुशल उद्धार गरिएको छ।

स्थानीय र प्रहरीको सक्रियतामा उनको सकुसल उद्धार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनको जुटपानीका ४० बर्षका देवबहादुर लामा विहान करिव ८ बजे पुलबाट नदीमा हाम्फालेका थिए।

स्थानीयले देखेपछि तत्कालै खबर गर्दा उनलाई सकुसल उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ । उनको अहिले चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको र अबस्था सुधारोन्मुख रहेको प्रहरीले जानकारी दिएको छ। उनी के कारणले हामफालेका हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.