यात्रु लिन गएको एनएसीको जहाज दुबईबाट रित्तै फर्कियो

|

काठमाडौं : सरकारले विदेशबाट आएका नेपाली नागरिकलाई राख्ने क्‍वारेन्टाइनको व्यवस्था गर्न नसक्दा उद्बार प्रक्रिया स्थगन गरेको छ। कोभिड-१९ को संक्रमित भएका मुलुकबाट आएका नागरिकलाई १४ दिन सम्म क्‍वारेन्टाइनमा राख्नुपर्ने हुन्छ।

सरकारले चौथो चरणको उद्बार उडान भइसक्दा पनि विदेशबाट आएका नेपाली श्रमिकलाई व्यवस्थपन गर्ने भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा पाँचौ चरणको उडान हुन नसकेको हो।

पाँचौ चरणको चाँडै उद्बार उडान हुन नसक्दा ४२ हजार १ सय ७० अझै विदेशमा अलपत्र अवस्थामा छन्। यसभन्दा अगाडी स्वदेश फर्कनको लागि ९४ हजार १ सय ३३ नेपालीले सम्बन्धित देशको नेपाली दूतावासमा आवेदन दिएका थिए। ५८ वटा मुलुकबाट ३ सय ३० उडानबाट भइ ५१ हजार ९ सय ६३ स्वदेश फर्किइसकेका छन्।

क्‍वारेन्टाइनको लागि होटलको व्यवस्थापन हुन नसक्दा पाँचौ चरणको उद्बार उडान अन्यौल मा परेको छ। पछिल्लो समय देशभर कोरोना संक्रमणको संख्या बढदै गएको छ। कोभिड-१९ व्यवस्थापन सिसिएमसी केन्द्रले क्‍वारेन्टाइनको लागि ठाउँ र होटलको तयारी नहुँदा केही समयको लागि उद्बार उडान स्थगन गर्न सम्बन्धित विभाग तथा मन्त्रालयलाई अनुरोध गरिसकेको छ।

'क्‍वारेन्टाइनको भए पाँचौ चरणको उडान'

क्‍वारेन्टाइनको व्यवस्था गर्न साथ नियमित उद्बार उडान गर्ने सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाईंले जानकारी दिए। विदेशबाट आएका नेपाली नागरिकलाई व्यवस्थापन गर्नलाई क्‍वारेन्टाइन निर्माण भएपछि मात्र ल्याइने उनले जनाए।

'विदेशमा अलपत्र परेका नेपाली कामदार पहिलो प्राथमिकतामा परेका छन,' प्रवक्ता गुरागाईंले भने,' संक्रमितको संख्या उल्लेखित रुपमा वृद्धि भएकोले पनि त्यसलाई अझ न्युनिकरण गर्न सकिन्छ भनी केही समय ढिलाई भएको हो।'

'विदेशमा नेपाली सुरक्षित'

होटललाई क्‍वारेन्टाइन बनाएपछि विदेशमा रहेका नेपाली नागरिकको उद्बार गरिने विदेशमा रहेका नेपालीलाई ल्याउन संयोजन गरिरहेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले बताए।

संक्रमणको संख्या दैनिक जसो ५ सय देखि ६ सयको हाराहारीमा बढिरहेकाले  क्‍वारेन्टाइनको व्यवस्थापन नगरी ल्याउँदा अझ जोखिम बढने भएकोले केही दिन ढिलाई हुन गएको उनले बताए।

संयोजक घिमिरेले भने,' प्राविधिक रुपमा केही दिन ढिलो भएको छ। यहीँ दिन देखि उद्बार उडान हुन्छ भन्न सक्दिनँ। क्‍वारेन्टाइनको व्यवस्थापन हुनासाथ नियमित उडान हुन्छ।'

विदेशबाट आएकालाई काठमाडौको क्‍वारेन्टाइनमा कम्तीमा ६ दिन राखिन्छ। क्‍वारेन्टाइनमा केही दिन राखेपछि स्थानीय सरकारको जिम्मा लगाएर सम्बन्धित ठाउँमा पठाइने उनले जानकारी दिए।

विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा तथा खाने बस्ने व्यवस्था तथा प्रवर्द्धनको काम सम्बन्धित मुलुकका नेपाली दूतावासले गरिरहेको उनको दाबी छ। क्‍वारेन्टाइनको व्यवस्थापन हुनासाथ नियमित पाँचौ चरणको उडान हुने उनले सुनाए।

'वैधानिक रुपमा वैदेशिक रोजगारमा गएका एक वर्ष नपुगी फर्कनु परेकालाई दूतावासमा नाम दर्ता गराएका छन भने त्यस्ता श्रमिकको टिकट बापत को पैसा फिर्ता दिइन्छ,' घिमिरेले भने,' दूतावासले वैदेशिक रोजगारमा तथ्यांक पठाएपछि श्रमिकले पाउँछन्।

'सिसिएमसीको निर्देशन पालना गर्यौ'

त्यसैगरी,२६० जना नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्सको जहाजले यात्रु नबोकी फर्किएको छ। सिसिएमसीको निर्देशनपछि उक्त जहाजले यात्रु नलिइ फर्किएको हो। उद्दार उडान नगर्ने निर्णय सोमबार गरिएपछि उक्त जहाज मंगलबार रित्तै फर्कियो। तर, त्यही दिन सरकारले टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दिएको थियो।

दुबईबाट नेपाल एयरलायन्सको जहाज रित्तै किन फर्कियो भनी थाहाखबर ले बुझ्‍ने प्रयास गरेको छ। नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खडका भन्छिन्,' नेपालबाट युएई यात्रु लिएर गएको थियो। नेपाल सरकारको निर्देशन बमोजिम युएईमा रहेका नागरिकको उद्बार नगरिएको हो। सिसिएमसी केन्द्रबाट तत्कालको लागि यात्रु उद्बार नगर्न निर्देशन आएकोले युएईबाट उद्बार नगरिएको हो।'

उडान रद्द भएका नेपाली नागरिकको टिकट फिर्ता गर्न चाहेमा फिर्ता हुने र पैसा फिर्ता गर्न सकिने खडकाले जानकारी दिइन्। सरकारले उडानको निर्देशन साथ नियमित उडान हुने उनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.