|

काठमाडौं : पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको छ। 

कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको छ।

केही केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै विभागले  पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न पनि भनेको छ। 

विभागले हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार नरहेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.