|

संखुवासभा : जिल्ला अस्पताल अस्पताल मातहत रहेको हिमालय किरण पब्लिक क्याम्पसस्थित आइसोलेसन बिहीबार राति तोडफोड भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमिण विरामीको हिमालय क्याम्पसको आइसोलेसन राखेर उपचार गर्न निर्णय गरेको थियो। जिल्ला अस्पतालले हिमालय क्याम्पसमा १० शय्याको आइसोलेसन  निर्माण गरेको थियो।
 
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लका अनुसार तोडफोड गर्न व्यक्ति अहिलेसम्म फेला परेको छैन। आइसोलेसन  तोडफोड हुँदा लाखौं रुपैयाँ क्षति भएको अस्पताल प्रशासनका कर्मचारी दिपेश क्षेष्ठले बताए। तोडफोडबाट शय्या, अक्सिजन कन्सनथेटर, डिभाइडरलगायतका सामग्रीमा क्षति पुगेको छ। 

हिमालय क्याम्पस प्रशासनले बिहीबार क्याम्पसमा निर्माण गरिएको आइसोलेसन हटाउन माग गर्दे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.