|

काठमाडाैं : देशभर शुक्रबार कोरोना संक्रमणका देशभर ११ जनाको ज्यान गएको छ। 

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर दोलखा र प्युठानका एक एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ। जसमा दोलाखाकी एक महिला र बाँकी पुरुष हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ सय ३८ संक्रमित पनि थपिएका छन्। थपिएका संक्रमितमा ५ सय ४६ जना पुरुष र २ सय ९२ महिला रहेका छन्। 

त्यसैगरी आजै पर्सामा थप ८० जना र कैलालीमा ८५ जना संक्रमित थपिएका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.