|
डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयसस ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अदोनाम घेब्रेयससले सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन्। 

विश्वव्यापीकरणका कारण संसारभर मानिसहरूबीच सम्पर्क रहेकाले कोरोना तीव्र गतिमा फैलिएको, तर स्वास्थ्य सजगता र नियन्त्रणका उपायहरु रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने उनले बताएका हुन्। 

स्पेनिश फ्लुबाट सन् १९१८ अप्रिलदेखि १९२० सम्ममा विश्वभर करिब दुई करोड मानिसहरुको ज्यान गएको थियो। 

यसअघि कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिकालाई लिएर डब्ल्युएचओका प्रमुख अदोनामले कडा आलोचना खेपिरहेका थिए। अमेरिका यो संगठनबाट अलग भइसकेको छ भने कैयौं राष्ट्रले डब्ल्युएचओप्रति असन्तुष्टि जनाइरहेका छन् 

अदोनामले यसअघि कोरोनाविरुद्धको खोप चाँडै नबन्ने, कोरोनाको असर लामो समयसम्म विश्वभर कायम रहने र सम्भवतः कहिल्यै पनि कोरोना अन्त्य नहुनेजस्ता अभिव्यक्ति दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.