|

अर्घाखाँची : रुपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालमा सोमबारदेखि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ।

कोरोना अस्पतालमा उपचारत संक्रमित बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार  सेवा सुरु गरिएको अस्पालतका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। यस विधिले रोगप्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई रोगविरुद्ध लड्न सक्ने बनाउने बिधि हो। प्रदेश ५ मै पहिलो पटक बुटवलको कोरोना विशेष अस्पतालबाट सेवा सुरु गरिएको जनाइएको छ।

बुटवलको कोरोना अस्पतालका सबै बेड बिरामीले भरिएका छन्। आइसियूमा १४ जना र आइसोलेसनमा २३ जना रहेका छन्। अब यो सेवा शुरु भएपछि कोरोना सङ्क्रमणबाट जटिल अवस्थामा पुगेका बिरामीलाई पनि बचाउन सक्ने विश्वास लिइएको डा. थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.