|

इलाम : १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा बिस्थापित भएका कार्यालयहरु पुनर्स्थापना भएपछि इलामको पश्चिमी गाविसका बासिन्दाहरु हर्षित छन्। बिस्थापित भएका प्रशासनिक कार्यालय, बैंक तथा वित्तिय संस्था पुनर्स्थापना भएपछि इलामको पश्चिमी  १० गाविसवासीको सदरमुकाम धाउनुपर्ने झन्झट कम भएको छ।

द्वन्द्वका क्रममा बिस्थापित भएको इलाका प्रशासन, कृषि विकास बैंक, विद्युत महसुल काउन्टर, पशु तथा कृषि सेवा केन्द्रसँगै मालपोत र नापी कार्यालय पुनर्स्थापना भएको देउमाई नगरपालिकाका नारायण श्रेष्ठले बताए। उनले कार्यालयहरु खुल्न थालेपछि गाउँका बासिन्दा निकै उत्साहित भएको बताए। 

बिस्थापित कार्यालय स्थापना भएपछि इलामको पश्चिमी क्षेत्रका देउमाई नगरपालिका, गजुरमुखी, इभाङ, साकफारा, बाँझो, एकतप्पा, फुयतप्पा लगायत १० वटा गाविसवासीले प्रत्यक्ष सेवा पाउनेछन्। बिस्थापित कार्यालय स्थापना भएपछि पश्चिमि क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन, विद्युत महसुल तिर्न, जग्गा सम्बन्धि सम्पूर्ण काममा सहज भएको छ भने बैंक तथा वित्तिय संस्थामा पहुँच बढेको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.