|

लमजुङ : पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङमा एक युवक पक्राउ परेका छन्। 

राइनास नगरपालिका–९ काउरेपानी नयाँगाउँ बस्ने २२ वर्षीय अजय घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। घर्तीले गत साउन २९ मा घरमा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको थापाले बताए।

प्रहरीले घर्तीलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.