|

पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन प्रहरी र वैदेशिक रोजगारीबाट फर्केका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

गत साउन २४ मा विराटनगरबाट सरुवा भएर आएका एक प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि भदौ ५ मा ४६ जना प्रहरीको स्वाब संकलन गरिएको थियो। तीमध्ये २६ वर्षीय दुई र २३ वर्षीय प्रहरीमा कोरोना पुष्टि भएको हो। 

यस्तै, फिदिम माविको कवारेन्टाइनमा बसेका ५५ वर्षीय पुरुष्मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणि सुवेदीले जानकारी दिए। संक्रमितहरुलाई जिल्लामा रहेको कोभिड उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको छ। पाँचथरमा धेरै संख्यामा कोरोना देखिएको पहिलोपटक हो। 

यसअघि विभिन्न समयमा आठजनामा संकमण देखिएको थियो। जसमध्ये पाँचजना उपचारपछि निको भएर घर फर्किसकेको छन्। तीनजना उपचारकै क्रममा रहेका छन्। चारजना संक्रमित थपिएसँगै पाँचथरमा सक्रिय संक्रमितको सङ्ख्या सात पुगेको छ। हालसम्म पाँचथरमा एक हजार ६९० जनाको पिसिआर परिक्षण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.