|

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एजेन्सीहरुका अनुसार ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै उच्च संख्या हो। योसहित भारतमा कुल संक्रमितको संख्या ३३ लाख ८४ नाघेको छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ हजार ६९४ पुगेको छ।

अ​मेरिकामा ४४ हजार ७ सय संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६० लाख ४५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ११ जनाको मृत्यु भएको छ। ब्राजिलमा ९ सय ७०, मेक्सिकोमा ६ सय २६, कोलम्बियामा २ सय ८४, दक्षिण अफ्रिकामा १ सय २६, रसियामा १ सय २१ र चिलीमा ८२ जनाको मृत्यु भएको छ। विश्वभर २ लाख ६१ हजार ६ सय ७५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ।

८ लाख ३४ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ। १ करोड ७० लाख ७४ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन्। यसैबीच, कोरोना संक्रमण बढ्दै गएपछि फ्रान्सको राजधानी पेरिस र आसपासका स्थानमा मास्क लगाउन बाध्यकारी बनाइएको छ। पैदल र साइकलमा हिँड्नेलाई मास्क अनिवार्य लगाउन अनिवार्य गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.