राती–राती सपनीमा सधैँ जून आउँछ
नाना कुरा सम्झाएर मलाई रूवाउँछ
पुछिदिन्छ आँसु पनि बन्दै आफन्त
एकान्तमा नजिक हुँदै मलाई फकाउँछ
बुझिसक्नु छैन उसको मनको दुनियाँ
कहिले हुन्छ हावा–हुरी खुबै सताउँछ
कति कुरा हुन्छन् आफ्ना भन्न नमिल्ने
भन्दै हिँड्छ सबैसँग संसार हँसाउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।