|

काठमाडौँ : प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग भएको सहमति अनुरुप आलोपालो सरकार चलाउने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग भएको ७ बुँदे र अन्य सहमति अनुरुप अघि बढ्ने निर्णय गरेको हो । ‘माओवादीसँग भएको ७ बुँदे र अन्य सहमति अनुरुप नै अघि बढ्ने निर्णय भएको छ, हामी त्यही अनुसार नै अघि बढ्छौँ ।’ बैठकपछि कांग्रेस नेता रमेश लेखकले भने । 

कांग्रेस–माओवादीबीच पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको खलेको छ । ९÷९ महिना सरकार परिवर्तन गर्ने विषयमा भएको उक्त सहमति अनुरुप अघि बढ्ने निर्णय भएको हो । 

त्यससँगै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा नदिए प्रमुख अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ । त्यसका लागि उसले हस्ताक्षर संकलन समेत गरेको छ । ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान हामीले हस्ताक्षर संकलन गरिसकेका छौँ, माओवादीसँग मिलेर हामी अविश्वासको प्रस्ताव लैजान्छौँ’ कांग्रेस नेता प्रकाशसरण महतले भने । 

सोमबार माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिएसँग ओल गठबन्धन अल्पमतमा परेको भन्दै कांग्रेसले राजीनामा मागेको छ ।
‘प्रधानमन्त्रीसँग बाँकी भएका राजीनामा दिने, विश्वासको मत लिने वा अविश्वासको मत लिने विकल्पमध्ये राजीनामा दिन हाम्रो पार्टी आग्रह गर्दछ, अन्य हामी माओवादीसँग मिलेर अविश्वासको प्रस्ताव लैजान्छौँ ।’ कांग्रेस प्रवक्ता दिलेन्दप्रसाद बडुले भने । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.