|

कपिलवस्तु : सर्पले डसेका एक जनालाई झारफुक गरिँदा ज्यान गएको छ।  शितगंगा नगरपालिका-५ थारपाइलाका यम बहादुर बेल्वासेको मृत्यु भएको हो।

उनलाई आइतबार राति १ बजे सर्पले डसेको थियो। डसेपछि राति नै स्थानीले झारफुक गराएका थिए। झारफुकले सन्चो नभएपछि बिहान ६ बजे उपचारका लागि लगिएको थियो। 

बिहान ८ बजे उनलाई सर्पदंश उपचार केन्द्र गोरुसिंगे पुर्‍याइएको थियो। तर अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचारका लागि पठाइएको थियो। बुटवल लैजाने क्रममा बाटोमा बेल्बासेको निधन भएको सर्पदंश उपचार केन्द्रका सचिव नवीन भण्डारीले बताए।

शितगंगा नगरपालिकामा यसअघि पनि सर्पले डस्दा एक महिलाको ज्यान गएको थियो। उनलाई पनि उपचारको साटो झारफुक गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.