|

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध दर्ता हुने अविश्वासको प्रस्तावमा मधेसी मोर्चाको समर्थन हुने बताएका छन्। संसद भवनमा पत्रकारसँग अध्यक्ष यादवले सरकारविरुद्ध दर्ता हुने अविश्वासको प्रस्तावमा मोर्चाको समर्थन रहने बताएका हुन्।

'यो सरकार ढलाउन हाम्रो समर्थन रहन्छ', अध्यक्ष यादवले भने, 'केपी ओली नेतृत्वको असक्षम सरकारको अन्त्य हुनु थियो, हुँदैछ।' यद्यपि अब बन्ने सरकारमा भने आफ्नो पार्टी र मधेसी मोर्चा सहभागी नहुने यादवले स्पष्ट पारे।

'पहिला सरकारले हाम्रा मागप्रति कस्तो दृष्टिकोण अपानउँछ हेर्नुपर्छ। अहिलेलाई सरकार हटाउने कुरामा हाम्रो समर्थन रहन्छ', यादवले भने, 'भावी सहकार्य त्यसैमा निर्भर रहन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.