|

नवलपरासी : नवलपरासी बर्दघाट सुस्ता पश्चिमकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। रामग्राम नगरपालिका–५ परासीकी एक ६५ वर्षीया महिलाको उपचारका क्रममा भैरहवामा रहेको भीम अस्पतालमा मंगलबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरभ ढकालले जानकारी दिएका छन्। योसँगै नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ।

गत सोमबार मात्र कोरोना संक्रमण पुष्टि भई मंगलबार मात्र रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचारार्थ भर्ना भएकी महिलाको उपचारकै क्रममा मंगलबार राति ९:४५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले बताए। यसअघि कोरोना संक्रमणकै कारण नेपाल्री कांग्रेस जिल्ला उपसभापति सुभासचन्द्र गिरीको पनि मृत्यु भइसकेको छ।

जिल्लामा हालसम्म ५ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ४ हजार ९ सय ५७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। संक्रमित हुनेको संख्या भने मंगलबारसम्मको तथ्यांकअनुसार २ सय ४६ पुगेको छ। स्वाब संकलन गरिएकामध्ये ४ सय ८६ जनाको अझै रिपोर्ट आउन बाँकी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.