|
फोटो : नमिम ढकाल

  • नमीन ढकाल

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा महेन्द्ररत्न बहुमुखी क्याम्पस (मरब) मा विद्यार्थी संगठनविचको मतभेद झडपमा परिणत भएको छ। एक सातादेखि सुरु भएको मतभेदका कारण शुक्रबार ठुलो झडप निम्तिएको छ।

फर्जी विद्यार्थी भर्ना गरेको भन्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ, संघीय विद्यार्थी फोरम लगायतका विद्यार्थी संगठनहरुबीच झडप भएको हो। झडपमा केही विद्यार्थी सामान्य घाइते  छन्।

'नेविसंघले अन्य संगठनमा फर्जी विद्याथी रहेको कारण आफुहरुले पनि फर्जी भर्ना गरेपछि मात्र स्ववियु निर्वाचन हुन दिने भनेपछि त्यसको प्रतिकार गर्दा स्थिति तनावग्रस्त बन्यो,' अखिल (क्रान्तिकारी) महेन्द्ररत्न बहुमुखी क्याम्पस संयोजक विपिन पोखरेलले भने।

नेविसंघ महेन्द्र रत्न बहुमुखी क्याम्पस संयोजक बविन बोखिम राईले अनेरास्ववियु लगायत अन्य संगठनमा फर्जी विद्यार्थीहरु रहेको बताए। उनले फर्जी विद्यार्थीको भर्ना खारेजी गर्नुपर्ने वा स्ववियु निर्वाचन स्थगत गर्नुपर्ने आफ्नो माग रहेको बताए।

क्याम्पस प्रशासनले झडपले उग्र रुप लिने भएपछि आज अपरान्ह २ बजेको समयमा स्ववियु निर्वाचन स्थगित गर्ने सुचना प्रकाशन गरेको थियो। तर विद्यार्थीहरु झडपमा उत्रिएपछि साँझ ६ बजे क्याम्पस प्रशासनले स्वघोषित स्ववियु निर्वाचन कार्यतालिका अनुसार आफ्नो कार्य सुचारु गर्न निर्वाचन समितिलाई निर्देशन दिएको छ।

८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थीको चुनावलाई रोक्न खोजेपछि आफुहरुले यसको विरोध गर्दा क्याम्पसको माहोल तनावग्रस्त बनेको विद्यार्थी संगठनहरुको दाबी छ। क्याम्पस प्रमुख धनबहादुर न्यौपाने क्याम्पसको माहोल तनावग्रस्त बनेकै बेला बिरामी भएर अस्पताल भर्ना भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.