|

काठमाडौं : सूर्यवदना पण्डितले आफ्नो जीवनयात्रा र संघर्ष समेटिएको पुस्तक 'अठोट' सार्वजनिक गरेकी छिन्। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल सरकारका सचिव दिनेश थपलियाले पुस्तकको विमोचन गरे।

किताबबारे टिप्पणी गर्दै चन्द्रवदना घिमिरेले भनिन्, 'बालक हुँदै विवाह गरी घरको काम तथा मेलाको काम गर्दै सङ्घर्ष गरेर पढेकी सुर्यवदनाको सङ्घर्षमय जीवन उनको किताबमा उतारिएको छ । सङ्घर्ष गर्नुपर्छ, हरेस खानु हुँदैन भन्ने सन्देश उनको यो अठोटले दिन सक्छ।'

अर्का वक्ता भुवनहरि सिग्देलले भने, ‘साहित्यिक परिवारिक सम्बन्धका कारण उहाँले पढाइमा प्रेरणा पाउनुभयो  उहाँको जन्म औँसीमा भएको कारण उहाँले पनि औसिको दिनमै जन्मेको केटा खोज्नु पर्ने क्रममा लमजुङ्का सुर्य कुमारसँग भेट भएको प्रसङ् जोडिएको छ ‘अठोट’मा  सिग्देलले थपे, ‘पढ्ने उमेरमा बच्चा जन्मिएकोले छोरा स्याहार सुसाहार गर्दै पढाइमा लाग्नुपरेकोले सङ्घर्ष गर्नुपरेको कुरा कोट्याएका छन्। यी सबै हुँदा हुँदै पनि उहाँको पतिले पढाइमा सहयोग गर्नु भएको कारण लेखन प्रक्रियायामा सहयोग पुगेको कुरा अठोटमा उल्लेख गरिएको छ।’ 

नेपाल सरकारका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश थपलियाले भने, ‘उहाँलाई पहिल्यै चिनेजस्तो लागेको थियो। नेपाल सरकारको उपसचिव पदसम्म पुग्नु भएको हो। तर, किताब पढेपछि भर्खर चिनेजस्तो लाग्न थालेको छ । यो निजामति कर्मचारी विशेषत माहिला तथा सबै जनाको प्ररणाको किताब बन्न सकोस्,’ थपलियाले थपे, ‘समाजमा भएका कटु घटना तथा अनुभूतलाई अठोटमा समेटिएको छ। गहिरा र सकारात्मक विचार यसमा समेटिएको छ। कुनै मान्छे जागिरबाट रिटार्यड हुँदैमा ऊ टायर्ड हुँदैन भन्‍ने कुरा अठोटले प्रष्ट पारेको छ।' किताब शिखा बुक्सले प्रकाशन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.