|

हेटौंडा : बागमती प्रदेशले प्रदेशका पाँच अस्पताललाई प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालहरुलाई स्तरोन्नति गर्न लागेको हो।

प्रदेश सरकारले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल,  चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडौं टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलले जानकारी दिए।

हाल बागमती प्रदेशको १३ जिल्लामध्ये आठ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन्। 

प्रदेशभित्रका सबै जिल्लामा प्रदेश अस्पताल स्थापना गरी कोभिड–१९ लगायतका संक्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको मन्त्री ढुंगेलले बताए। प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतीमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो।

यसैगरी कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा, समानुपातिक  सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरु रहने गरी अनुगमन, सहजीकरण र समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए। यस्तै, प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई स्वास्थ्य सामग्री, उपकरण, तथा भबन निर्माणका लागि १७ करोड रकम निकासा गर्ने पनि निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.