काठमाडौं : गायिका शान्ति श्री परियार र नवकलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गीत 'नौ एकाने नौ' सार्वजनिक भएको छ। प्रियसी म्युजिक कम्पनीको आधिककारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा कृष्ण केसीको संगीत र राजु केसीको शब्द रहेको छ।
गीतमा नेपाली चर्चित नायिका निता ढुङ्गाना र मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको छ। गीतलाई शिव विकले निर्देशन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।