|

काठमाडौं :  बागलुङको ढोरपाटन नगरपालिका–९ भुजिखोलाका बाढीपीडितको लागि राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापाको टोली आज घटनास्थल पुगेको छ। पहिरोको घटनास्थल पुगेर गृहमन्त्रीले पीडितहरूलाई राहत सामग्री प्रदान गर्नुकासाथै बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन्।

बुधबार राति आएको पहिरोमा परी १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना बेपत्ता छन्। पहिरोले करिब ३१ वटा घर बगाएको थियो।

यसअघि हिजो पनि गृहमन्त्री थापा सवार हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण उनी सवार हेलिकोप्टर घटनास्थलतर्फ जान नसकी स्याङ्जाको आकाशबाटै हेरेर फर्किएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.