कोरोनाको उपचार गर्ने अस्पताललाई उपलब्ध गराइने
कोरोनाको उपचार गर्ने अस्पताललाई उपलब्ध गराइने
म्याग्दी : खोज, अनुसन्धान र आविष्कारको कार्यमा सक्रिय महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पछिल्लो पटक अर्को एउटा महत्वपूर्ण आविष्कार गरेको छ।
मेडिकल ड्रोन, बादर धपाउने मेसिनलगायत विभिन्न महत्वपूर्ण अविष्कार गरिसकेको आविष्कार केन्द्रले अहिले कोरोना संक्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको हो।
त्यसैगरी बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई कोरोना संक्रमणबाट जोगाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन्।
पुनले बाकसको डिजाइन, विकास र परीक्षणको काम पूरा भएको जानकारी दिएका हुन्। उनका अनुसार यो बाकसमा बिरामी राखेपछि हावा छिर्न नसक्ने र चेन लगाएर बन्द गरिन्छ।
बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याल्ने अर्को प्वालमा एन–९५ फिल्टर राखिएको छ। जसले गर्दा बिरामीको मुख र नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउन सकिने पुनको भनाइ छ।
बाकसभित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा राखिएका छन्। बाकसलाई नेगेटिभ प्रेसर च्याम्बरको रुपमा डिजाइन गरिएको छ। अबको केही दिनभित्रै कोभिडको उपचार गर्ने अस्पतालहरुलाई यो बाकस उपलब्ध गराइने पुनले जनाएका छन।
म्याग्दीको नागीमा जन्मेर चितवनमा अध्ययन गरेका पुनले म्याग्दीमा सबैभन्दा पहिला विकट गाउँहरुमा वायरलेस इन्टरनेट सेवासमेत पु¥याएर प्रविधिको क्षेत्रमा अघि बढेका थिए। पुनले म्याग्दीमा ई–एजुकेसन र ई–मेडिसिन सेवा पनि सुरु गरेका हुन्। पुन एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसेबाट सम्मानित भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।