|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो।

उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्। उनको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले बताए। ‘जनताको सेवा गर्ने क्रममा उहाँलाई कोरोना संक्रमण भएछ’ उनले भने, ‘छिट्टै निको भएर उहाँ पुनः जनताको सेवामा फर्कनु हुनेछ। हामी आशा गरेका छौं।’

अध्यक्ष पोखरेल चिकित्सकको परामर्श लिएर होम आइसोलेसनमा बसेका छन्। यस कलेजमा कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन निर्माण गरिएको छ। अध्यक्ष पोखरेल अग्रपंक्तिमा रहेर संक्रमितको उपचार सेवामा सक्रिय भएका थिए। अध्यक्षको सक्रियताले यहाँका चिकित्सकको समेत आत्मबल बढेको खनालले दाबी गरे।

अध्यक्षलाई कोरोना पोजेटिभ भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको थियो। पिसिआर परीक्षणपछि उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.