रिपोर्टसहित विदेशबाट आउनेलाई पनि राहत

|
फाइल फोटो

काठमाडौं : कोरोना भाइरस ( कोभिड-१९) सक्रमण समुदायस्तरमा पुगेर संक्रमित बढ्दै जान थालेपछि सरकारले १४ दिन क्‍वारेन्टाइनमा बस्दा पनि लक्षण नदेखिए पिसिआर परिक्षण गर्नु नपर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश बाट आएका र अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै खर्चमा अनिवार्य क्‍वारेन्टाइन बस्‍नुपर्ने निर्णय गरेको छ। यसरी १४ दिनसम्म क्‍वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पिसिआर परीक्षण नगराउने समेत निर्णय मन्त्रालयले गरेको हो। 

विदेशबाट आउँदा, उपत्यकाबाहिर जाँदा आउँदा, एक जिल्लाबाट अर्को जिल्ला आउनेजाने व्यक्तिलाई लक्षण नदेखिए १४ दिनपछि पिसिआर गर्नु नपर्ने गरिएको मन्त्रालयले जनाएको छ। 

तर विदेशबाट ७२ घण्टाभन्दा पुरानो पिसिआर परीक्षण रिर्पोट लिएर आउनेले १४ दिन क्‍वारेन्टाइनमा बसेपछि पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले बताए। 

मन्त्रालयले शुक्रबार गरेको भर्चुअल पत्रकार भेटघाटमा श्रेष्ठले ७२ घण्टाभन्दा भित्रको पिसिआर परीक्षण रिपोर्ट ल्याउनेले १४ दिन क्‍वारेन्टाइन बसे मात्रै हुने बताउँदै पिसिआर परीक्षण गर्नु नपर्ने  उल्लेख गरे। उनले भने, '७२ घण्टाभित्रको पिसिआर रिपोर्टसहित विदेशबाट आएकाहरु १४ दिन क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु पर्दैन।'

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एन्टिजेन परीक्षण गर्न बनेको निर्देशिका स्वीकृत गर्ने निर्णय भएकोसमेत जानकारी दिएका छन्। ‘निर्देशिका परिमार्जनसहित स्वीकृत भएको छ', उनले भने, 'अहिले भइरहेको आरटी पिसिआर महँगो र नतिजा आउन लामो समय लाग्‍ने सेन्सेटिभिटी राम्रो भएको एन्टिजेन परीक्षण पनि अघि बढाइने भएको छ।'

मन्त्रालयले कुनै बिरामीको आकस्मिक शल्यक्रिया पिसिआर रिर्पोट नपर्खी सुरक्षाका उपाय अपनाई गर्न पनि निर्देशन दिएको छ।

रिर्पोट पर्खिँदा बिरामीको ज्यान गएमा अस्पताल र चिकित्सक जिम्मेवार हुने चेतावनीसमेत मन्त्रालयले दिएको छ। पिसिआर रिर्पोट पर्खिँदा केही बिरामीको ज्यान गएको गुनासो आएको भन्दै यस्तो निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.