|
फाइल फोटोः दीपक केसी/थाहाखबर

काठमाडौं : सत्तारुढ दल राप्रपा नेपालले वर्तमान सरकार विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको राप्रपा नेपाल केन्द्रीय पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ‘प्रधानमन्त्रीका सामु विद्यमान ३ विकल्प – राजीनामा वा विश्वासको मत वा अविश्वासको प्रस्ताव मध्ये  प्रधानमन्त्रीले रोज्ने कुनै पनि विकल्पमा साथ दिने’ निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेको सरकारका प्रधानमन्त्री ओलीले राजीनामा नदिने र विश्वासको मत पनि नलिने घोषणा मंगलबार नै गरिसकेका छन्। उनले संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने बताइसकेका छन्।

बुधबार नै कांग्रेस र माओवादीले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। उनीहरुबीच संयुक्त सरकार बनाउने गरी सात बुँदे सहमति भएको छ।

राप्रपा नेपाल र राप्रपाबीच हुन लागेको एकीकरणका बारेमा छलफल गर्न साउन ११ गते केन्द्रीय कार्य समितिको बैठक बस्ने प्रवक्ता राजाराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.