|

काठमाडौं : तत्कालीन राजा वीरेन्द्रले प्रयोग गरेको एभ्रो विमानलाई नारायणहिटी सङ्ग्रहालयको गेटमा पुर्‍याइएको छ। त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको उक्त विमानलाई हिजो राति सङ्ग्रहालयमा राख्‍न सडकमा गुडाउँदै लगिएको हो।

सेनाको टोलीले विमानस्थलबाट तीनकुने, बानेश्‍वर, माइतीघर हुँदै नारायणहिटीसम्म उक्त जहाज पुर्‍याउँदा रमितेको भिड लागेको थियो। 

रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी सङ्ग्रहालयमा राख्ने निर्णय गत वर्ष नै गरेको थियो।

वि.सं. २०३१ मा नेपाल ल्याइएको यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्थे। एभ्रो विमानलाई सङ्ग्रहालयभित्रको ‘बदाम चौर’मा राखेर सर्वसाधारणलाई अवलोकनका लागि व्यवस्था मिलाउने सङ्ग्रहालयले जनाएको छ।

संग्रहालय भित्र जाने बाटो सानो भएपछि गेटमै तेर्स्याएर राखिएको बिमानमा पैदल यात्रीको नजर परेको छ। गाडी र मोटरसाइकलमा सवार पनि ओर्लिएर सेल्फी खिचिरहेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.