|

काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ९ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा विजय हासिल गरेको छ। अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माका अनुसार अनेरास्ववियुका ९ जना स्ववियु सभापतिमा निर्वाचित भएका छन्। केही क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् भने कतिपयमा विजयी भएका हुन्। 

अनेरास्ववियुले विजय हासिल गरेको ९ मध्ये ३ वटामा महिलाहरु सभापतिमा निर्वाचित भएका छन्। काभ्रेको कानपुर क्याम्पसमा सुनीता तामाङ, खोटाङको खोटाङ क्याम्पसमा सन्तोषी फुयाँल र बझाङको रथवरदेव क्याम्पसमा पूजा कार्की निर्वाचित भएकी छन्। 

यसअघि शनिबार माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले १२ वटा क्याम्पसमा विजयी भएको जनाएको थियो। 

हेर्नुस अनेरास्ववियुले विजय हासिल गरेको क्याम्पसको नाम:

  • कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक, सुनीता तामाङ
  • आदर्श बहुमुखी क्याम्पस, धादिङ,  रुपक गिरी
  • हनुमन्तेश्वर क्याम्पस, दोलखा, सन्तोष दाहाल
  • मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा, नवीन बस्याल
  • खोटाङ क्याम्पस, खोटाङ, सन्तोषी फुयाँल
  • सल्यान बहुमुखी क्याम्पस, सल्यान, रामबहादुर खत्री
  • पाटन बहुमुखी क्याम्पस, बैतडी, महेशप्रसाद भट्ट
  • रथवरदेव क्याम्पस, बझाङ, पूजा कार्की
  • शान्ति क्याम्पस, बझाङ, डम्बर सिंह

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.