देशभर भेटिएकामध्ये आधा संख्या

|

काठमाडौं : काठमाडौंमा उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका तीन जिल्लामा बितेको २४ घण्टामा ७ सय ३७ जनामा कोरोना संक्रमित थपिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ६५२ जना संक्रमित भेटिएका छन्। त्यसैगरी ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ संक्रमित थपिएका छन्। 

आज देशभर १५ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। देशभर र काठमाडौं उपत्यकामा भेटिएका संक्रमित अहिलेसम्मकै धेरै हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.