जनयुद्ध र मधेस विद्रोहबाट गणतन्त्र आएको जिकिर

|

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारबाटै गणतन्त्र र संविधान असुरक्षित रहेको बताएका छन्। 

संविधान दिवसका सन्दर्भमा सामाजिक सञ्‍जालमा भनाइ राख्‍दै डा. भट्टराईले संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेस विद्रोह भएको जिकिर गरेका छन्। 

'जनयुद्ध र मधेस विद्रोह बाहेकका अरु सबै धाई, सुसारे, पण्डा, नर्तकी र तमासे हुन्', उनले भनेका छन्। डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै बयलगाडेको संज्ञा दिएका छन्। 

उनले संघीयता र गणतन्त्र सरकारबाटै सुरक्षित नहरेको दाबी गरेका छन्। 'संविधान दिवसमा सबैले सम्झनुपर्ने कुरा : १, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेस विद्रोह हुन्, अरू धाई, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्', उनले भनेका छन्, '२, गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन। ३, अपांग शिशुको उपचार र रक्षा गरौं।’ 

भट्टराईले संविधानले सवै पक्षको अधिकार सुनिश्‍चित गर्न नसकेकाले यसलाई संशोधन गरेर सर्वमान्य बनाउनु पर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले तत्कालीन समयमा लोकतान्त्रिक आन्दोलन चलिरहँदा बयलगाडा चढेर अमेरिका नपुगिने भन्दै कटाक्ष गरेको कुरालाई बाबुरामले स्मरण गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.