यो सिजनमा के छ खास ?

|

कोरोना महामारीबीच इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण शनिबारबाट युएईमा सुरु हुँदै छ। १० नोभेम्बर सम्म चल्ने प्रतियोगिता पहिलो पटक दर्शकविहीन रहने छ। कोरोनाका कारण यो पटक बलरहरूले बल चम्काउन थुकको प्रयोग गर्न पाउने छैनन्।

बलमा थुक प्रयोग नगर्दा बलरलाई बल स्वीङ गर्न कठिन पर्ने छ। यद्यपि टी-२०  फर्म्याट भएकाले यो ठूलो चुनौती भने होइन। बलर भुवनेश्वर कुमामर तथा दीपक चाहरले थुक प्रयोग नहुँदा ठूलो समस्या नहुने बताए।

युएईको अबुधाबी, दुबई  र शारजाह मैदानमा आईपीएल हुने छ।जहाँ स्लो विकेट रहेको छ। अर्थात स्पीनरमैत्री पिच छ। यहाँ फास्ट बलरहरूका लागि भने धेरै सहयोगी नहुने आँकलन गरिएको छ। यसअघि २०१४ मा जब युएई मा आईपीएलका २० खेल भएका थिए जहाँ केवल एक खेलमा मात्रै २०० प्लसको स्कोर बनेको थियो। जबकि १२ पटक १६० प्लसको स्कोर बनेको थियो।

आईपीएलमा गरिएको थप परिवर्तन

नो बलमा सिधै थर्ड अम्पायरको नजर पर्ने छ। पहिलो पटक आईपीएलमा थर्ड अम्पायरसँग सिधै नो बलको अधिकार जान लागेको हो। गत वर्ष भारत र वेस्टइन्डिजको एकदिवसीय सिरिजमा यो प्रयोग पहिलो पटक गरिएको थियो।

त्यस्तै यो पटकको आईपीएलमा अनलिमिटेड कोरोना सब्सटिच्युटको ब्यवस्था गरिएको छ। यसको अर्थ कुनै खेलाडीमा कोरोना पोजेटिभ देखिए उसको स्थानमा टिमले नयाँ खेलाडीलाई खेलाउन पाउने छ। नियम अनुसार परिवर्तन गर्दा ब्याट्सम्यानको ठाउँमा ब्याट्सम्यान र बलरको ठाउँमा बलर नै सब्सटिच्युट हुन पाउने छन्।

कन्कसन सब्सटिच्युट

यो आईपीएलमा पहिलो पटक कन्कशन सब्स्टिच्युटको नियम पनि लागु गरिँदै छ। अर्थात कोही खेलाडी गम्भीर चोट बोक्न पुगेमा अथवा टाउकोमा बलले लागेर खेल्न नसक्ने भएमा उसको स्थानमा दोस्रो खेलाडीलाई मौका दिइने छ। यो नियममा पनि ब्याट्सम्यानको स्थानमा ब्याट्सम्यान र बलरको स्थानमा बलरलाई मौका दिइने छ। यो नियम पहिलो पटक २०१८ मा एसेज सिरिजका दौरान लागु गरिएको थियो।

चियर लिडर र फ्यान हुने छैनन्

आईपीएलमा पहिलो पटक खाली मैदानमा प्रतिष्पर्धा हुँदैछ। मैदानमा हरेक चौका र छक्कामा खुसीले नाच्ने चियर लिडर्स पनि हुने छैनन्। यद्यपि फ्रेन्चाइजले मेगा स्क्रिनमार्फत चियर लिडर्स र फ्यानको रेकर्डेड भिडियो देखाउने तयारी गरेका छन्।

बायो-सिक्योरको ब्यवस्था

प्रतियोगितामा यस्तो इक्विपमेन्ट ब्यवस्था हुने छ जसले बाहिरी दुनियाँसँग पुरै तरहले एट्याचमेन्ट कट हुने छ। अर्थात आईपीएलमा भाग लिने खेलाडी, सपोर्ट स्टाफ, म्याच अफिसियल, होटल स्टाफ र कोरोना टेस्ट गर्ने मेडिकल टिमलाई समेत एक निश्चित दायराभन्दा अघि जान दिइने छैन। साथै कोही बाहिरी व्यक्तिसँग पनि मिल्न दिइने छैन।

यो नियम तोडिएमा आईपीएल कोड अफ कन्डक्ट अनुसार सजाय हुने जनाइएको छ। खेलाडीलाई केही खेल खेल्नमा समेत प्रतिबन्ध हुन सक्ने छ। केही टिमहरूले खेलाडीलाई नियमको कडाइकासाथ पालना गर्न आग्रह गरेका छन्। यदि नियम नमाने खेलाडीसँगको कन्ट्रयाक तोड्न सकिने चेतावनी पनि दिएका छन्।

बलमा थुक दले विपक्षीलाई रन

आईसीसीको कोरोना नियमका कारण क्रिकेट बल चम्काउनका लागि थुकको प्रयोग निषेध गरिएको छ। यो नियम पहिलो पटक आईपीएलमा लागु हुँदैछ। हरेक टिमलाई दुई पटक चेतावनी दिइने छ।

तेस्रो पटक पनि नियम तोडेमा विपक्षी टिमको खातामा ५ रन जोडिने छ। त्यस्तै टस भइसकेपछि दुवै टिमका कप्तानले हात मिलाउने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.