संविधान दिवसको उपलक्षमा विभिन्न पदकद्वारा ५९४ जना सम्मानित

|

काठमाडाैं : यो वर्षको सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम  वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइतलाई प्रदान गरिने भएको छ। राष्ट्रपति कार्यालयका सहसचिव तथा प्रवक्ता हरिप्रसाद दाहालका अनुसार सुप्रसिद्ध जनसेवा श्री प्रथम वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइतलाई प्रदान गर्न लागिएको हो।

​त्यस्तै, प्रसिद्ध प्रवल जनसेवा श्री द्वितीयबाट भने चार जनालाई प्रदान गर्न लागिएको उनले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्वतमान आयुक्त नवीन घिमिरे, सर्वाेच्च अदालतका न्यायाधीश दीप कुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र शशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रदान गरिने भएको छ।  

यस वर्षको सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धानका आयुक्त गणेशराज जोशी, पर्यटन सचिव केदारबहादुर अधिकारी, वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, शसस्त्र प्रहरीका एआइजीहरु रामशरण पौडेल र पुष्पराम केसी र वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई दिइने भएको छ।   

राष्ट्रपति कार्यालयका प्रवक्ता दाहालका अनुसार यस वर्ष सुप्रबल जनसेवा श्री तृतीय बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप चतुर्थबाट २ सय ४२ जना, जनसेवा श्री पञ्चमबाट १ सय ४, राष्ट्रयशोवर्द्धकबाट २, नेपाल सेवा प्रवीण १, समाज सेवा रत्न ११, परम पौरख भाष्कर १२, नेपाल प्रताप सुभूषण २४, अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक २, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ । गृह मन्त्रालयले आज गोरखा पत्रमा सूचना प्रकाशन गरेर यसबारे जानकारी दिएको छ।  

सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मी पनि छन् ।

मन्त्रिपरिषदको सिफारिसमा आज असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट उक्त सम्मान प्रदान गरिनेछ। विभूषित हुनेहरूले तक्मा भने आगामी नयाँ वर्षको दिन २०७८ बैशाख १ गते प्राप्‍त गर्नेछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.