|

पर्वत : गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या तीन हजार ४३८ पुगेको छ। 
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको दोस्रो विज्ञप्तिमा ३ जिल्लाका ३० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ। 

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा थपिएकाहरूमा तनहुँका २१ र १२ वर्ष वर्ष उमेरका दुई जना महिला, लमजुङको सुन्दरबजार नगरपालिका–९ का ४२, ५५, १४, २५ र ६ वर्षीय पुरुष तथा २६, १०, १५, २५, ५०, २०, ६ र ४१ वर्षीया महिला रहेका छन्। वडा नं. ६ का २१ वर्षीय र वडा नं. १० का १९ वर्षीय पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ।

यस्तै कास्कीका १३ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू पोखरा महानगरपालिका–७ मा कार्यरत रहेका ४०, २८, २५, २४, ४२ र ४२ वर्ष उमेरका ६ जना पुरुष, वडा नं. २२ का २२ वर्षीय पुरुष, वडा नं. १७ का ४५ वर्षीय पुरुष र २७ वर्षीया महिला, वडा नं. ७ का ३८ वर्षीय पुरुष, वडा नं. ६ का २५ वर्षीया महिला र ३२ वर्षीय पुरुष तथा वडा नं. २३ की ४४ वर्षीया महिलामा सङ्क्रमणको पुष्टि भएको छ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका–७ का ६ जना पुरुषहरू नेपाल प्रहरीमा कार्यरत छन्। तनहुँ जिल्लाका दुवै महिला जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा उपचाररत छन्।

यस अगाडि आइतबार बिहान जारी गरिएको पहिलो विज्ञप्तिमा कास्कीका ६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी गराइएको थियो। उनीहरू माछापुच्छ्रे गाउँपालिका–३ का ५७ वर्षीय पुरुष र पोखरा महानगरपालिका–१२ का २२ वर्षीय पुरुष, वडा नं. १० का ३६ वर्षीय पुरुष, वडा नं. ८ की १७ वर्षीया महिला, वडा नं. २५ का २६ वर्षीय पुरुष तथा वडा नं. ५ का ५७ वर्षीय पुरुष रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.