|

रुकुम : चौरजहारी नगरपालिका ८, घर्तिकाडामा चार दिनअघि फेला परेका २ वटा सकेट बम डिस्पोज पारिएको छ। स्थानीय जयप्रकाश बोहराले आफ्नो बारिमा तरुल खन्‍ने क्रममा पलाष्टिकले बेरेर गाडिएको अवस्थामा दुईवटा सकेट बम फेला पारेका थिए।

उक्त सकेट बमलाई नेपाली सेनाको ज्वालादल गण सुर्खेतबाट आएको टोलीले डिस्पोजल गरेको हो। प्रक्रिया लामो र टाढाबाट आउनुपर्ने भएकोले ढिला भएको बम डिस्पोजल टोलीले बताएको  छ। चार दिन देखि त्रासका कारण  राम्रोसँग सुत्‍न नपाएका स्थानीयहरु बम निस्क्रिय भएपछि खुसी भएको स्थानीय जयप्रकाश बोहराले बताए। द्वन्द्वका क्रममा गाडिएका बम तथा अन्य हातहतियारहरु रुकुममा बेला-बेला फेला पर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.